पोखरामा भोलि सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू०५, मूल्य ५१ लाख ९९ हजार

  • कालिका खवर
  • बिहिबार, अशोज १, २०८३
  • काठमाडौं । चाङ्गानको नयाँ–ऊर्जा सवारीसाधन लाइनअन्तर्गतको नेभो क्यू०५ पोखरामा भोलि शुक्रबार सार्वजनिक हुने भएको छ। नेपालका लागि चाङ्गानका अधिकृत डिलर एमएडब्ल्यू वृद्धि अटोकर्प प्रालिले गाडी सार्वजनिक गरेपछि चारदिने टेस्ट ड्राइभ कार्यक्रम आयोजना गर्ने जनाएको छ।

    ग्राहकले असोज ३ देखि ६ गतेसम्म चौतारास्थित डीपल पोखरा शोरुममा पुगेर नेभो क्यू०५ को टेस्ट ड्राइभ गर्न सक्नेछन्। नेभो क्यू०५ को अल्ट्रा भेरियन्टको विशेष मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

    कम्पनीले नेभो क्यू०५ लाई आधुनिक जीवनशैली अपनाउने तथा गुणस्तरीय सवारीसाधनलाई प्राथमिकता दिने ग्राहकलाई लक्षित प्रिमियम ईभी एसयूभीका रूपमा प्रस्तुत गरेको छ।

    गाडीमा ५१.९ किलोवाटआवर क्षमताको क्याटल लिथियम–आइरन–फस्फेट ब्याट्री प्रयोग गरिएको छ। चाङ्गानको गोल्डेन सिल्ड २.० ब्याट्री प्रणालीमा आधारित उक्त ब्याट्रीलाई ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न १५ मिनेट लाग्ने कम्पनीको दाबी छ।

    १२० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर रहेको नेभो क्यू०५ ले एनईडीसी परीक्षणअनुसार पूर्ण चार्जमा ४६२ किलोमिटरसम्मको ड्राइभिङ रेन्ज दिने कम्पनीले जनाएको छ। यसको ऊर्जा खपत प्रतिकिलोमिटर १२.९ किलोवाटआवर रहेको छ।

    गाडीमा ३सी फास्ट चार्जिङ सुविधा छ भने अधिकतम १६२ किलोवाटसम्मको डीसी चार्जिङ क्षमता रहेको कम्पनीले जनाएको छ।

    नेभो क्यू०५ मा २ हजार ७३५ मिलिमिटरको ह्वीलबेस रहेको छ। पछाडिका सिट रिक्लाइन गर्न सकिने भएकाले यात्रामा थप आराम मिल्ने तथा गाडीमा ५४० लिटरको बुट स्पेस रहेको कम्पनीले जनाएको छ।

    गाडीको डिजाइन चाङ्गानको विश्वव्यापी डिजाइन नेटवर्कअन्तर्गत विकास गरिएको हो। कम्पनीका अनुसार डिजाइन विकासमा ३१ देश तथा क्षेत्रका ९१५ जना डिजाइन प्रोफेसनल सहभागी थिए। डिजाइन टोलीको नेतृत्व चाङ्गान ग्लोबल डिजाइनका उपाध्यक्ष तथा पूर्व फक्सवागन ग्रुप डिजाइन प्रमुख क्लाउस जिकियोराले गरेका छन्।

    कम्पनीका अनुसार नेभो क्यू०५ को डिजाइनले गोल्डेन ए’ डिजाइन अवार्ड समेत प्राप्त गरेको छ। गाडीमा एरोडाइनामिक प्रोफाइल, विशिष्ट लाइटिङ सिग्नेचर तथा फराकिलो रोड प्रेजेन्स दिइएको छ।

    चाङ्गान नेभोका अनुसार सन् २०२६ अगस्टको अन्त्यसम्म नेभो क्यू०५ को कुल बिक्री १ लाख २५ हजारभन्दा बढी पुगेको छ। साथै, चीनको कम्प्याक्ट एसयूभी बिक्रीमा लगातार चार महिनासम्म अग्रता हासिल गरेको कम्पनीको दाबी छ।

    नेपालमा चाङ्गान अटोमोबाइल तथा यसका सब–ब्रान्डहरू डीपल, नेभो र अवात्र का अधिकृत डिलरका रूपमा एमएडब्ल्यू वृद्धि अटोकर्प प्रालि रहेको छ। कम्पनीले नेपालमा उन्नत प्रविधि, नयाँ डिजाइन तथा नेक्स्ट–जेनेरेसन मोबिलिटी सोलुसन्स उपलब्ध गराउँदै आएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar