नेपालमा ओप्पो रेनो १६ सिरिज सार्वजनिक, मूल्य ८९ हजार ९९९ रुपैयाँदेखि

  • कालिका खवर
  • बुधबार, भदौ ३१, २०८३
  • काठमाडौं। ओप्पोले नेपालमा आफ्नो नयाँ रेनो १६ सिरिज औपचारिक रूपमा सार्वजनिक गरेको छ। सिरिजअन्तर्गत ओप्पो रेनो १६ ५जी र रेनो १६ एफ ५जी रहेका छन्। प्रविधि, फेसन र आधुनिक जीवनशैलीलाई केन्द्रमा राख्दै आयोजित फेसन शोमार्फत कम्पनीले नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो।

    सार्वजनिक कार्यक्रममा मिस नेपाल वर्ल्ड २०२२ तथा पूर्व ब्यूटी विथ अ पर्पस विजेता प्रियंका रानी जोशी, ग्याजेटबाइट नेपालकी प्रमुख कार्यकारी अधिकृत प्रतिमा अधिकारी र महिला मोटो भ्लगर सुरक्षा केसीले रेनो १६ सिरिजका विशेषता तथा प्रयोगका अनुभव प्रस्तुत गरेका थिए।

    रेनो १६ सिरिजसँगै ओप्पोले चुम्बकीय सहायक उपकरण ‘ओप्पो बबल’ पनि सार्वजनिक गरेको छ। यसले पछाडिको क्यामेराको पूर्वावलोकन स्क्रिन तथा रिमोट शटरका रूपमा काम गर्नुका साथै डिस्प्लेमा व्यक्तिगत सामग्री राख्न सकिने सुविधा प्रदान गर्छ। यसको अधिकतम खुद्रा मूल्य १५ हजार ९९९ रुपैयाँ भए पनि प्रवद्र्धन अवधिमा ९ हजार ९९९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

    रेनो १६ सिरिजमा ओप्पोको थ्रीडी पप प्लानेट डिजाइन प्रयोग गरिएको छ। रेनो १६ मा ६.३२ इन्च र रेनो १६ एफमा ६.५७ इन्चको डिस्प्ले रहेको छ। दुवै मोडलमा १०० डिग्री वाइड एंगलसहितको ५० मेगापिक्सेल अल्ट्रा–वाइड सेल्फी क्यामेरा तथा ओआईएससहितको ट्रिपल रियर क्यामेरा सेटअप उपलब्ध छ।

    फोटोग्राफी तथा भिडियोका लागि पप क्याम, एआई रिमिक्स कोलाज, पपआउट कोलाज २.०, ४के अटो स्ट्रेटन भिडियो र डुअल भ्यु भिडियो २.० लगायतका फिचर दिइएको छ। कलरओएस १६ मा सञ्चालन हुने फोनमा एआई स्न्याप की, एआई माइन्ड स्पेस, एआई माइन्ड पाइलट र एआई मेनु ट्रान्सलेसनलगायतका एआई सुविधा समावेश छन्।

    रेनो १६ मा ६ हजार ७०० एमएएच र रेनो १६ एफमा ७ हजार एमएएच क्षमताको ब्याट्री रहेको छ। दुवै मोडलले ८० वाट सुपरभोक फास्ट चार्जिङ सपोर्ट गर्छन्। रेनो १६ मा स्न्यापड्रागन ७ जेन ४ मोबाइल प्लेटफर्म प्रयोग गरिएको छ भने सिरिजमा एआई लिंकबुस्ट ४.० तथा आईपी६८, आईपी६९ र आईपी६९के रेटिङ पनि दिइएको कम्पनीले जनाएको छ।

    नेपालमा रेनो १६ ५जीको मूल्य १ लाख ९ हजार ९९९ रुपैयाँ र रेनो १६ एफ ५जीको मूल्य ८९ हजार ९९९ रुपैयाँ तोकिएको छ। दुवै फोन पप ह्वाइट र ट्वाइलाइट भायोलेट रंगमा उपलब्ध हुनेछन्। पहिलो ५०० जना ग्राहकले रेनो १६ वा रेनो १६ एफ खरिद गर्दा ओप्पो एयरबड्स ए३ प्रो निःशुल्क पाउने कम्पनीले जनाएको छ। साथै, कम्प्लिट फोन रिप्लेसमेन्ट सुविधा, अतिरिक्त बिक्रीपछिको सेवा वारेन्टी र ओप्पो बबलमा विशेष मूल्यको अफर पनि उपलब्ध हुने जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar