मुक्तिनाथ विकास बैंक र कर्मा रेसिडेन्सिजबीच आवास कर्जाका लागि समझदारी

  • कालिका खवर
  • बुधबार, भदौ ३१, २०८३
  • काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेड र कर्मा रेसिडेन्सिजबीच आवास तथा अपार्टमेन्ट खरिदका लागि सहज कर्जा सुविधा उपलब्ध गराउने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ।

    महाराजगञ्जस्थित कर्मा रेसिडेन्सिजका आवासीय तथा अपार्टमेन्ट युनिट खरिद गर्न चाहने ग्राहकलाई आवश्यक वित्तीय स्रोत जुटाउन सहज बनाउने उद्देश्यले बैंक र रेसिडेन्सिजबीच उक्त समझदारी भएको हो।

    सम्झौतामा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र कर्मा रेसिडेन्सिजका अध्यक्ष कर्मा तेन्जिङले हस्ताक्षर गरेका छन्।

    सम्झौताअनुसार बैंकको प्रचलित नीति तथा मापदण्ड पूरा गर्ने योग्य ग्राहकले बेस रेटमा ०.२५ प्रतिशत प्रिमियम थप गरी आवास कर्जा प्राप्त गर्न सक्नेछन्। बैंकका अनुसार यस्तो कर्जाको अधिकतम अवधि ३० वर्षसम्म रहनेछ।

    यस सहकार्यबाट कर्मा रेसिडेन्सिजका आवासीय परियोजनाका ग्राहकलाई घर तथा अपार्टमेन्ट खरिदका लागि आवश्यक वित्तीय स्रोत व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ।

    यद्यपि, कर्जा सुविधा ग्राहकको योग्यता, क्रेडिट मूल्यांकन, सम्बन्धित सम्पत्तिको मूल्यांकन तथा आवश्यक कानुनी र प्राविधिक परीक्षणका आधारमा उपलब्ध हुने बैंकले जनाएको छ। कर्जा प्रवाह बैंकको प्रचलित नीति तथा मापदण्डअनुसार हुने बताइएको छ।

    मुक्तिनाथ विकास बैंकले आवास कर्जाका साथै अटो, कृषि तथा एसएमईलगायत विभिन्न कर्जा सुविधा प्रतिस्पर्धी ब्याजदरमा उपलब्ध गराउँदै आएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar