बुधबार सुनचाँदीको भाउ बढ्यो, सुन प्रतितोला ३ लाख १ हजार ८ सय

  • कालिका खवर
  • बुधबार, भदौ ३१, २०८३
  • काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ८०० रुपैयाँले बढेर ३ लाख १ हजार ८०० रुपैयाँ पुगेको छ ।

    सोमबार सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो । बुधबार सुनको मूल्य प्रतिदश ग्राम २ लाख ५८ हजार ७४५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

    यस्तै, चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ६८५ रुपैयाँ पुगेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ६२० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार बुधबार चाँदी प्रतिदश ग्राम ४ हजार १७ रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar