भोटेकोशी बाढीपीडितका लागि ओरिएन्टल इन्स्योरेन्सले दियो २० लाख रुपैयाँ

  • कालिका खवर
  • मङ्लबार, भदौ ३०, २०८३
  • काठमाडौं । ओरिएन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि २० लाख रुपैयाँ सहयोग गरेको छ।

    कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको हो। बाढीबाट प्रभावित परिवारको कठिन परिस्थितिलाई मध्यनजर गर्दै राहत, उद्धार तथा पुनःस्थापनाका प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

    भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेको भन्दै कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाएको हो।

    यसैबीच, ओरिएन्टल इन्स्योरेन्सले बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

    कम्पनीले बाढीबाट घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनःस्थापनाको कामना समेत गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar