बाढी–पहिरोका कारण बागमती र गण्डकीका प्रमुख सडक प्रभावित

  • कालिका खवर
  • सोमवार, भदौ २९, २०८३
  • काठमाडौं । बाढी, पहिरो तथा सडक मर्मतका कारण बागमती र गण्डकी प्रदेशका प्रमुख राजमार्ग तथा सडक खण्डहरू प्रभावित भएका छन्। केही स्थानमा यातायात पूर्ण रूपमा बन्द छ भने केही सडक खण्डमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।

    सोमबार बिहान ६ बजेसम्म प्राप्त विवरणअनुसार सम्भावित बाढी तथा पहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध भएको जनाइएको छ। सडकको अवस्था हेरेर कतिपय स्थानमा सावधानीपूर्वक सवारी सञ्चालनको व्यवस्था मिलाइएको छ।

    काभ्रेको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी सडक खण्डमा भदौ १६ गतेदेखि अर्को सूचना जारी नभएसम्म समय तालिका मिलाएर सवारी सञ्चालन गरिने भएको छ।

    उक्त सडक खण्डमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म १० टनसम्मका मालवाहक सवारीसाधन सञ्चालन गर्न दिइनेछ। त्यस्तै, बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म सडकको अवस्था र परिस्थितिको मूल्यांकन गरी अन्य सवारीसाधनलाई समेत सञ्चालन गरिने व्यवस्था गरिएको छ।

    बाढी, पहिरो तथा सडकको अवस्थाका कारण यात्रा प्रभावित हुन सक्ने भएकाले सम्बन्धित सडक खण्डमा आवतजावत गर्ने यात्रु तथा चालकलाई सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar