नागरिक लगानी कोष र महाशक्ति सिमेन्टबीच सेयर प्रत्याभूति सम्झौता

  • कालिका खवर
  • शुक्रबार, भदौ २६, २०८३
  • काठमाडौं । नागरिक लगानी कोषले महाशक्ति सिमेन्ट लिमिटेडको सेयर प्रत्याभूति गर्ने भएको छ। यससम्बन्धी सम्झौतामा शुक्रबार नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र महाशक्ति सिमेन्ट लिमिटेडका अध्यक्ष राजाराम खड्काले हस्ताक्षर गरेका छन्।

    सम्झौताअनुसार महाशक्ति सिमेन्टले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ७८ लाख ५० हजार ८५७ कित्ता सेयर निष्कासन गर्नेछ। उक्त सेयरको कुल अंकित मूल्य १ अर्ब ७८ करोड ५० लाख ८५ हजार ७०० रुपैयाँ रहेको छ।

    सम्झौतामा कम्पनीले सम्झौता भएको मितिले ६ महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्ने व्यवस्था गरिएको छ। तोकिएको अवधिभित्र सेयर निष्कासन हुन नसकेमा पुनः नयाँ सम्झौता गर्नुपर्ने प्रावधान रहेको कोषले जनाएको छ।

    सेयर प्रत्याभूति सम्झौताले कम्पनीको प्रस्तावित सेयर निष्कासन प्रक्रियालाई थप सुनिश्चितता प्रदान गर्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar