भोटेकोशी बाढीपीडितका लागि सिबिफिन सचिव पौडेलद्वारा २५ लाख २५ हजार सहयोग

  • कालिका खवर
  • शुक्रबार, भदौ २६, २०८३
  • काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का सचिव थानेश्वर पौडेलले भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि २५ लाख २५ हजार ५२५ रुपैयाँ सहयोग गर्नुभएको छ।

    शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका अध्यक्षसमेत रहनुभएका पौडेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा चेकमार्फत उक्त रकम जम्मा गर्नुभएको हो। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उहाँले उक्त रकम प्रदान गर्नुभएको हो।

    पौडेलले भदौ २५ गते बिहीबार सिंहदरबारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको थियो।

    बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले अघि सारेका प्रयासमा हातेमालो गर्ने उद्देश्यले आफूले व्यक्तिगत रूपमा सहयोग गरेको पौडेलले बताउनुभयो।

    उहाँले अकस्मात् आएको विनाशकारी बाढीबाट भएको क्षतिपछि प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि देश तथा विदेशमा रहेका नेपालीसहित सबै पक्षलाई खुलेर सहयोग गर्नसमेत आह्वान गर्नुभएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar