लिपमोटर बी०३एक्स चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो

  • कालिका खवर
  • बिहिबार, भदौ २५, २०८३
  • काठमाडौं । लिपमोटरको नयाँ विद्युतीय सवारीसाधन बी०३एक्स चीनमा तीव्र गतिमा लोकप्रिय हुँदै गएको छ। चिनियाँ बजारमा ए१० नामले बिक्री हुने बी०३एक्सले अगस्ट २०२६ मा मात्रै ३० हजार ६५२ युनिट बिक्री गर्दै चीनको दोस्रो सर्वाधिक बिक्री हुने सवारीसाधन बन्न सफल भएको कम्पनीले जनाएको छ।

    बजारमा प्रवेश गरेको छोटो समयमै बी०३एक्सले लिपमोटरको इतिहासमा सबैभन्दा छिटो १ लाख युनिट बिक्रीको आँकडा पार गर्ने मोडलको कीर्तिमानसमेत कायम गरेको छ। मार्च २६, २०२६ मा औपचारिक रूपमा बजारमा आएको यस मोडलले १३५ दिनमै, अर्थात् अगस्ट ७ मा, १ लाख युनिट बिक्रीको कोशेढुंगा पार गरेको कम्पनीको दाबी छ।

    बी०३एक्सको बढ्दो मागसँगै लिपमोटर लगातार दुई महिनासम्म मासिक १ लाखभन्दा बढी सवारीसाधन डेलिभरी गर्ने पहिलो चिनियाँ विद्युतीय सवारीसाधन स्टार्टअप बनेको कम्पनीले जनाएको छ।

    कम्पनीका अनुसार बी०३एक्सको सफलताको मुख्य आधार पहुँचयोग्य मूल्यको ईभी सेग्मेन्टमा प्रिमियम प्रविधि र सुविधाको संयोजन हो। यसमा १४५ किलोवाटको मोटर, ५५ किलोवाट आवरको ब्याट्री तथा ५०५ किलोमिटरसम्मको ड्राइभिङ रेन्ज उपलब्ध छ।

    सवारीमा फास्ट चार्जिङ प्रविधिसमेत रहेको छ। जसअनुसार ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब १६ मिनेट लाग्ने कम्पनीले जनाएको छ।

    बी०३एक्सको इन्टेरियरमा डुअल हाई–परफर्मेन्स चिपसहितको प्रोसेसिङ क्षमता रहेको छ भने क्वालकम स्न्यापड्रैगन ८२९५ ककपिट चिप समावेश गरिएको छ। त्यस्तै, सवारीमा ५१० लिटरको बुट स्पेस रहेको छ, जसलाई पछाडिका सिट फोल्ड गरेपछि १ हजार ६०५ लिटरसम्म विस्तार गर्न सकिन्छ।

    लिपमोटरलाई मासेराती, अल्फा रोमियो र प्युजो लगायत १४ प्रमुख अटोमोबाइल ब्रान्डको मूल कम्पनी स्टेलान्टिसको विश्वव्यापी साझेदारी तथा समर्थन रहेको कम्पनीले जनाएको छ। लिपमोटर चीनको प्रमुख स्टार्टअप न्यू इनर्जी भेहिकल (NEV) ब्रान्डका रूपमा अघि बढिरहेको छ।

    कम्पनीका अनुसार लिपमोटरले हालसम्म विश्वभर १७ लाखभन्दा बढी सवारीसाधन बिक्री गरिसकेको छ। जुलाई र अगस्टमा लगातार दुई महिनासम्म मासिक १ लाखभन्दा बढी युनिट बिक्री भएको जनाइएको छ।

    हाल लिपमोटरका बिक्री तथा सेवा केन्द्रहरू विश्वका ४५ भन्दा बढी देशमा २ हजारभन्दा बढी पुगेका छन्। कम्पनीले उक्त नेटवर्कमार्फत ग्राहकलाई बिक्रीपछिको सेवा तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar