राप्रपाले भदौ मसान्तभित्र जिल्ला अधिवेशन सक्ने

  • कालिका खवर
  • बिहिबार, भदौ २५, २०८३
  • काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ४४ जिल्ला अधिवेशन गरेको छ। भदौ मसान्तसम्म सबै जिल्लाको जिल्ला अधिवेशन गर्ने तालिका अनुसार जिल्ला अधिवेशन भइरहेको प्रवक्ता मोहन श्रेष्ठले बताए।

    उनका अनुसार बाँकी जिल्ला अधिकांशको भदौ मसान्तसम्म भित्र अधिवेशन गर्ने गरी मिति टुङ्गो लागेर तयारी भइरहेको छ। आज कालिकोट, भोजपुर, बारा र दोलखाको अधिवेशन भइरहेको उनले बताए।

    राप्रपाले यसअघि नै मंसिर २६ देखि २८ गते पार्टीको महाधिवेशनको मिति तय गरेको छ। महाधिवेशनको तयारी तीव्र पार्दै जिल्ला अधिवेशनमा केन्द्रित भएको उनले बताए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar