जनताको भरोसा टुट्न दिने छैनौं : असिम शाह

  • कालिका खवर
  • मङ्लबार, भदौ २३, २०८३
  • काठमाडौं : प्रधानमन्त्री बालेन शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाह जेनजी सहिदहरूको बलिदान नबिर्सिने बताएका छन्। मंगलबार जेनजी सहिद दिवसको अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन्। उनले जेनजी आन्दोलनका सहिदहरूको बलिदानले दिएको जनादेश सुशासन, जवाफदेहिता र समृद्धि रहेको स्पष्ट गरे।

    शाहले सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै जनताको भरोसा टुट्न नदिने उल्लेख गरेका छन्। ‘एक वर्षअघि युवाले प्रश्न उठाए, देशले परिवर्तन रोज्यो। जेन्जी आन्दोलनका सहिदहरूको बलिदानले दिएको जनादेश स्पष्ट छ- सुशासन, जवाफदेहिता र समृद्धि,’ उनले भनेका छन्, ‘सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली। तपाईंहरूको बलिदान बिर्सिने छैनौं, जनताको भरोसा टुट्न दिने छैनौं।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar