२४ घण्टामा ८७२ जना चालक ट्राफिक कारबाहीमा

  • कालिका खवर
  • मङ्लबार, भदौ २३, २०८३
  • काठमाडौं : ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८७२ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६८, सिसिटिभिमार्फत ५७, रातोबत्तीमा ४० जना चालकलाई कारबाही गरिएको छ ।

    यसैगरी, तीव्रगतिमा ११६, हर्न निषेधमा २४, लेन क्रसमा ११, अवस्था ठिक नभएको २५, एकतर्फीमा ७ र अन्यमा ५२४ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar