चार दिनदेखि बेपत्ता १० वर्षीया बालिका मृत फेला

  • कालिका खवर
  • बिहिबार, भदौ १८, २०८३
  • सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका–३, हरकठवाबाट चार दिनदेखि बेपत्ता बालिका मृत अवस्थामा भेटिएकी छन् ।

    स्थानीय रामविनय यादवकी १० वर्षीया छोरी चाँदकुमारी यादवको शव धनकौल–४ स्थित मनुष्मारा खोलामा फेला परेको हो ।

    इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) गोपीकृष्ण सुवेदीका अनुसार गत आइतबारदेखि बेपत्ता बालिकालाई परिवार, स्थानीय र प्रहरीले खोजी गर्ने क्रममा बुधबार साँझ खोलामा मृत फेला पारेका हुन् ।

    बालिकाको नुहाउने क्रममा डुबेर मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar