खरी हटिया प्रथम फुटसल प्रतियोगिताको उपाधि जौवारी फुटबल क्लबलाई

  • कालिका खवर
  • मङ्लबार, भदौ १६, २०८३
  • काठमाडौं । खरी हटिया युवा समाजको आयोजनामा सम्पन्न प्रथम फुटसल प्रतियोगिताको उपाधि जौवारी फुटबल क्लबले जितेको छ। फाइनल खेलमा अनुग्रह मण्डल चर्चलाई पराजित गर्दै जौवारी फुटबल क्लब च्याम्पियन बनेको हो। उपविजेता बनेको अनुग्रह मण्डल चर्चले दोस्रो स्थान हासिल गरेको छ।

    प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने जौवारी फुटबल क्लबले ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। प्रथम पुरस्कारको नगद राशि हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका रमेश श्रेष्ठले प्रायोजन गर्नुभएको थियो।

    यस्तै, दोस्रो स्थान हासिल गर्ने अनुग्रह मण्डल चर्चले ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ।

    प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधामा समेत सम्मान गरिएको थियो। प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि गौतम गुरुङले प्राप्त गरे भने सुजन परियार सर्वाधिक गोलकर्ताका रूपमा सम्मानित भए। त्यस्तै, मनिस गुरुङ उत्कृष्ट गोलरक्षक घोषित भएका छन्।

    पूर्वनिर्धारित तालिकाअनुसार प्रतियोगिता २०८३ साल भदौ ६ गते सम्पन्न गर्ने योजना रहेको थियो। तर, सो दिन विविध प्राविधिक कारणले खेल सम्पन्न हुन नसकेपछि प्रतियोगितालाई पुनः अगाडि बढाइएको थियो।  प्रतियोगिता २०८३ साल भदौ १६ गते  सम्पन्न गरिएको  निरोज श्रेष्ठले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar