जसपा नेपालको केन्द्रीय समितिको बैठक बस्दै

  • कालिका खवर
  • मङ्लबार, भदौ १६, २०८३
  • काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । अहिले केहीबेरमा सुरु हुने बैठकमा पार्टीको समायोजन, बाढी पहिरो, राजनीतिक प्रतिवेदनलगायतको विषयमा छलफल हुने जसपा नेपालमा महासचिव डा.सुरेन्द्र झाले बताए ।

    लोकतान्त्रिक समाजवादी पार्टी र जसपा नेपालबिच एकता भएपछि केन्द्रमा समायोजन पनि प्रदेश, जिल्ला तथा स्थानीय तहमा समायोजन गर्न बाँकी रहेको बताउँदै उनले त्यसको बारेमा आज बस्ने कार्यकारिणी समितिको बैठकले निर्णय गर्ने बताए ।

    भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीको विषयमा पनि बैठकमा छलफल हुने उनले बताए । राहतका पार्टीको कोषमा रकम जम्मा गर्न पार्टीभित्र सर्कुलर गरिसकेको छ । त्यसमा के कति जम्मा भएको छ, त्यसको पनि जानकारी लिने भन्दै उनले २५ देखि ५० लाख रुपियाँ पार्टीको तर्फबाट राहत कोषमा जम्मा गर्ने तयार पार्टीको रहेको छ त्यसको बारेमा पनि छलफल हुने बताए ।

    पार्टीले लुम्बिनी सरकारको विषयमा पनि निर्णय गर्ने भएको छ । लुम्बिनी प्रदेश सरकारमा पार्टीको तर्फबाट सहभागी नहुने निर्णय गरेको थियो तर त्यहाँ प्रदेश सांसदहरू पार्टीको निर्देशन विपरीत सरकारमा सहभागी भएका छन् । उनीहरूलाई दुई पटक स्पष्टीकरण सोधिसकेको छ । स्पष्टीकरणको जवाफ आएको छ । त्यसको बारेमा छलफल गर्ने महासचिव झाले बताए ।

    यसअघिको केन्द्रीय समितिमा पेस भएको राजनीतिक प्रतिवेदनमा छलफल गरी पास गर्नुको साथै अगामी केन्द्रीय समितिको बैठकको बारेमा छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar