रसुवाको बाढीको पीडा भारतसम्म, गण्डक नदीमा भेटिन थाले बाढीले बगाएका शव

  • कालिका खवर
  • सोमवार, भदौ १५, २०८३
  • रसुवा । पाँच दिनअघि रसुवामा आएको विनाशकारी बाढीको पीडा भारतसम्म पुगेको छ । भीषण बाढीले बगाएर बेपत्ता भएका मानिसमध्ये केही जनाको शव भारततर्फको गण्डक नदीमा तैरिरहेको अवस्थामा फेला परेको दुःखद खबर सार्वजनिक भएको हो ।

    रसुवामा आएको बाढीले ठुलो जनधनको क्षति पु¥याउनुका साथै धेरै मानिसलाई बेपत्ता बनाएको छ । बाढीले बगाएका शव नदीको बहावसँगै भारततर्फ पुग्न थालेपछि घटनाले थप पीडादायी रूप लिएको छ ।

    प्रकृतिको यो निर्मम प्रहारले कैयौँ परिवारको खुसी उजाडिएको छ भने आफन्तको खोजीमा रहेका परिवारहरू अझै पनि आशा र पीडाको बिचमा छन् ।

    बाढीमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यलाई थप तीव्र बनाउनुपर्ने आवश्यकता देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar