जिल्ला कारागार मोरङका कैदीबन्दीले गरे सीडीओविरुद्ध नाराबाजी

  • कालिका खवर
  • सोमवार, भदौ १५, २०८३
  • काठमाडौं । जिल्ला कारागार मोरङका कैदीबन्दीहरूले जिल्ला प्रशासन कार्यालय मोरङ र प्रमुख जिल्ला अधिकारीविरुद्ध नाराबाजी गरेका छन् ।

    लागूऔषधको कारोबार गरेको आरोपमा मानसिक दबाब दिने गरेको, पैसा माग्ने गरेको, गोली हान्छु भनेर धम्क्याउने गरेको भन्ने कैदीबन्दीले आइतबार राति कारागारमा नाराबाजी गरेका छन् ।

    हतियारसहित प्रहरी कारागारमा राखेको भन्दै उनीहरूले नाराबाजी गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । उनीहरूले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको पक्षमा भने नाराबाजी गरेका छन् ।

    कारागारभित्रको गतिविधि बुझ्न प्रहरी प्रवेश गर्न खोजेपछि कैदीबन्दीले मोरङ प्रहरीका एसपीविरुद्ध पनि नाराबाजी गरेका छन् ।

    सामान्यतः प्रहरी कारागारभित्र प्रवेश गर्न पाउँदैन । तर, शंकास्पद गतिविधि भइरहेको लागेमा जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिएर प्रहरीले ‘सर्च’ गर्न भने सक्छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar