चितवनमा पहिचान नभएका ९६ शव डिएनए नमुना लिएर गाडियो

  • कालिका खवर
  • आइतवार, भदौ १४, २०८३
  • चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर चितवन पुर्‍याएकामध्ये पहिचान हुन नसकेका ९६ वटा शवहरू शनिबार देवघाटको जंगलमा गाडिएको छ ।

    शव राख्न चिस्यान केन्द्रको अभाव हुनुका साथै शवहरू सडेगलेर महामारीको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले बैठक बसेर पहिचान नभएका शवहरू गाड्ने निर्णय गरेको हो ।

    चितवनका इन्स्पेक्टर अनिल थापाका अनुसार शनिबार बेलुकीसम्म ९६ वटा शवको व्यवस्थापन भइसकेको छ भने बाँकी शवहरू गाड्ने काम आज पुनः जारी रहनेछ ।

    चितवनमा शनिबारसम्म बाढीले बगाएर ल्याएका कुल २५९ जनाको शव फेला परेको छ । फेला परेकामध्ये ९ जनाको मात्र आफन्तले पहिचान गरी बुझिलिएका छन् भने बाँकी शवहरूको पहिचान खुल्न सकेको छैन ।

    प्रशासनले पछि पहिचान गर्न सहज हुनेगरी अन्तर्राष्ट्रिय मापदण्ड अपनाएर शवहरूको व्यवस्थापन गरिएको जनाएको छ । गाड्नु अघि नै सबै शवको डिएनए नमुना संकलन गरिएको छ ।

    त्यसपछि शवमा नष्ट नहुने किसिमको संकेत नम्बर अंकित गरी गाडिएको छ भने पछि आफन्तको डिएनए परीक्षण रिपोर्ट मिल्दा पहिचान गर्न सजिलो होस् भनेर शव पुरिएको बाहिरी भागमा पनि सोही संकेत नम्बर राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar