कुमार बोगटीद्वारा विपद् प्रभावित नागरिकका लागि ५५ हजारभन्दा बढी सहयोग

  • कालिका खवर
  • शुक्रबार, भदौ १२, २०८३
  • काठमाडौं । बोगटी एण्ड डटर्स अटोमोबाइल्स प्राइभेट लिमिटेडका सञ्चालक तथा नेपाल रिकन्डिसन अटो व्यवसायी संघका केन्द्रीय महासचिव कुमार बोगटीले विपद् प्रभावित नागरिकहरूको सहयोगका लागि कुल रु. ५५ हजार ५५६ आर्थिक सहयोग गर्नुभएको छ।

    उहाँले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४० हजार ४१ तथा नेपाल रिकन्डिसन अटो व्यवसायी संघको खातामा रु. १५ हजार ५१५ सहयोग प्रदान गर्नुभएको हो।

    नेपाल रिकन्डिसन अटो व्यवसायी संघले विपद् प्रभावित नागरिकहरूको सहयोगका लागि आफ्नो खातामा संकलन हुने सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ।

    विपद्का कारण प्रभावित नागरिकहरूको राहत तथा सहयोगका लागि विभिन्न व्यक्ति तथा व्यवसायीहरूबाट आर्थिक सहयोग गर्ने क्रम जारी रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar