बेत्रावती प्रहरी चौकीमा कार्यरत असई पौडेलको शव चितवनमा फेला

  • कालिका खवर
  • शुक्रबार, भदौ १२, २०८३
  • काठमाडौँ। रसुवास्थित प्रहरी चौकी बेत्रावतीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रामकाजी पौडेल मृत भेटिएका छन् । तिब्बतबाट भोटेकोशीमा आएको बाढीमा परेका असई पौडेलको शव चितवनमा भेटिएको हो ।

    नुवाकोट घर भएका ४३ वर्षीय पौडेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनमा डीएसपी चन्द्रभुषण यादवले बताए । जिल्ला अस्पताल चितवनमा पोस्टमार्टमपछि परिवारले उनको शव बुझेका छन् ।

    चितवनमा फेला परेको अर्को एउटा शवको पनि सनाखत भएको छ । बाँकेको कोहलपुर घर भएका २३ वर्षीय कविलाल चौधरीको पहिचान खुलेको हो । कोहलपुर नगरपालिका–११ घर भएका चौधरीको शव पनि परिवारलाई जिम्मा लगाइएको डीएसपी यादवले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar