पुनः ताल फुटेपछि भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाब बढ्यो

  • कालिका खवर
  • शुक्रबार, भदौ १२, २०८३
  • काठमाडौं । तिब्बतमा पुनः ताल फुटेपछि भोटेकोशी र त्रिशूलीमा पानीको बहाव बढेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लेदोसहितको बहाव बढेको जानकारी दिँदै नदी किनारमा रहेका तथा उद्धार र राहतमा खटिएका सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

    थप बाढी आउन सक्ने जोखिम रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणकी प्रवक्ता तथा उपसचिव शान्ति महतले शुक्रबार जारी गरेको सूचनामार्फत सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेकी हुन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar