राष्ट्रपति पौडेलको एक महिनाको तलब बाढीपीडितलाई

  • कालिका खवर
  • बिहिबार, भदौ ११, २०८३
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि आफ्नो एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गर्ने घोषणा गरेका छन् ।

    राष्ट्रपतिको कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपति पौडेलले बाढीपीडितको उद्धार तथा राहतका लागि आफ्नो एक महिनाको पारिश्रमिक सरकारी कोषमा उपलब्ध गराउने घोषणा गरेका हुन् ।

    बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई सहयोग पुर्‍यउने उद्देश्यले राष्ट्रपति पौडेलले उक्त रकम प्रदान गर्ने निर्णय गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar