छोरी बचाउ राष्ट्रिय जागरण अभियान सुरु गरौँ : नेकपा

  • कालिका खवर
  • सोमवार, भदौ ८, २०८३
  • काठमाडौँ : प्रतिपक्षी दल नेकपाले छोरी बचाउ राष्ट्रिय जागरण अभियान सुरु गर्न सरकारलाई आग्रह गरेको छ। प्रतिनिधिसभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले यसबारे सरकारको ध्यानाकर्षण गराएका हुन्।

    बाराकी बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विषलाई जोड्दै उनले भने, ‘कोपिलामै खोसिएका हृदयविदारक घटनाप्रति दलको दर्फबाट दु:ख व्यक्त गर्दछु। छोरी बचाउ राष्ट्रिय जागरण अभियान सुरु गरौँ म आह्वान गर्दछु।’

    त्यस्तै उर्नले प्रधानमन्त्री बालेन शाहले भीभीआईपी प्रोटोकल ख्याल नगरेको भन्दै आपत्ति जनाए। हालै कास्की तथा मुस्ताङ भ्रमणमा गएका प्रधानमन्त्री विषयलाई इंगित गर्दै उनले यसबारे आपत्ति जनाएका हुन्।

    ‘सरकारबिनाको राज्य प्रधानमन्त्रीबिनाको सरकार कल्पना गरिएको हुँदैन। प्रधानमन्त्री भएपछि सार्वजनिक व्यक्ति नै हुन्छ। प्रधानमन्त्री प्रोटोकोल ख्याल गर्नुपर्छ’ उनले भने।

    उनले महँगीको विषयमा अर्थमन्त्री स्वर्णिम वाग्लेको पनि ध्यानाकर्षण गराए। उनले नेपालको पानी निर्यातको लागि धेरै कम्पनीहरूले अनुमति पर्खिरहेको भन्दै आवश्यक प्रक्रिया पूरा गरी अनुमति दिन पनि भनेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar