बागमती प्रदेशका मुख्यमन्त्री थापाले आइतबार विश्वासको मत लिने

  • कालिका खवर
  • शुक्रबार, भदौ ५, २०८३
  • हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आइतबार संसदबाट विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री थापाले भदौ ७ गते आइतबार १ बजे संसदबाट विश्वासको मत लिने भएका हुन् ।

    एमाले, नेकपा र राप्रपाको ६३ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थापाले विश्वासको मत लिन संसद् सचिवालयलाई पत्राचार गरेका छन् ।

    नेपालको संविधानको धारा १६८ को २ बमोजिमको सरकारको लागि भदौ ३ गते दाबी पेस गरेका उनले भदौ ४ गते नियुक्ति लिएका थिए भने प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले उनलाई पद तथा गोपनीयताको सपथ गराएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar