रङ्गुन नदीले बगाउँदा महिलाको मृत्यु

  • कालिका खवर
  • बुधबार, भदौ ३, २०८३
  • डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका–१२ की एक महिलाको रङ्गुन नदीमा बगेर मृत्यु भएको छ । स्थानीय डम्मरी नाथको रङ्गुन नदीमा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले बताए ।

    आज भैँसीको पाडोलाई नदी तराउने क्रममा चिप्लिएर उनी बगेको प्रहरीले जनाएको छ । खोजी गर्ने क्रममा नाथको शव बगेको स्थानबाट करिब पाँच किलोमिटर टाढा बसगोइरा नजिक फेला परेको प्रहरी नायब उपरीक्षक सिंहले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar