संघीय संसद्का दुवै सदनको बैठक बस्दै

  • कालिका खवर
  • बुधबार, भदौ ३, २०८३
  • काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बुधबार बस्दैछ । बैठक दिउँसो १ः१५ बजेबाट बस्नेछ ।

    आजको बैठकमा परराष्ट्र मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सबन्धित लिखित प्रश्नहरूको उत्तर सबन्धित मन्त्रीहरूले टेबुल गर्नेछन् ।

    अर्थ मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग सबन्धित मौखिक प्रश्नहरूको सबन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

    यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय खडकराज पौडेलले ‘आन्तरिक वायुसेवाको दायित्वसबन्धी विधेषक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar