मिस युनिभर्स नेपाल २०२६ को ‘स्ल्यास सेरेमनी’ सम्पन्न

  • कालिका खवर
  • मङ्लबार, साउन २६, २०८३
  • काठमाडौं । मिस युनिभर्स नेपाल २०२६ अन्तर्गतको बहुप्रतीक्षित ‘स्ल्यास सेरेमनी’ काठमाडौंस्थित सोल्टी होटलमा भव्य रूपमा सम्पन्न भएको छ। समारोहमा प्रतियोगिताका सहभागीहरूले पहिलोपटक आधिकारिक रूपमा आफ्नो स्ल्यास ग्रहण गरेका छन्।

    आयोजकका अनुसार स्ल्यास सेरेमनीले प्रतियोगिताको औपचारिक सुरुवातसँगै सहभागीहरूको आत्मविश्वास, व्यक्तित्व र प्रतियोगिताप्रतिको प्रतिबद्धता प्रस्तुत गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ।

    सेरेमनीमा सहभागी प्रतियोगीहरूले आफूलाई आगामी प्रतिस्पर्धाका लागि तयार रहेको सन्देश दिएका छन्। अब उनीहरू विभिन्न प्रशिक्षण, चुनौतीपूर्ण प्रतिस्पर्धात्मक चरण तथा सामाजिक गतिविधिमा सहभागी हुँदै ग्रान्ड फिनालेतर्फ अघि बढ्नेछन्।

    मिस युनिभर्स नेपाल प्रतियोगिताले नेपाली युवतीहरूको प्रतिभा, व्यक्तित्व र क्षमता उजागर गर्दै उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने उद्देश्य राख्दै आएको छ।

    यस वर्षको प्रतियोगितामा पनि विभिन्न क्षेत्रबाट सहभागी भएका प्रतियोगीहरूबीच विभिन्न चरणमा प्रतिस्पर्धा हुनेछ। अन्तिम विजेताले मिस युनिभर्सको अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar