भागावन पदमार्गको दोस्रो हप्ता सरसफाई, फोहोरमैला ब्यवस्थापनदेखी झाडी सफाईसम्म

  • कालिका खवर
  • शनिबार, साउन २३, २०८३
  • ललितपुर – गोदावरी नगरपालिका वडा नम्बर १० स्थीत भागावन पदमार्गको शनिवार लगातार दोस्रो सातामा पनि सरसफाई गरिएको छ । बागेश्वरी मन्दिरको प्राङ्गणबाट सुरु भएको सरसफाई पदमार्गको अन्तिम भागसम्म गरिएको छ ।

    विहान साढे ६ बजेदेखि करिब २ घण्टा चलेको सरसफाइका क्रममा फोहोरमैला ब्यवस्थापनदेखि लिएर निर्माणाधिन हनुमान मन्दिरसहित प्रतिक्षालय र आराम गर्ने कुर्सीहरुमा भरीएका काँडा र बोट विरुवा लगायतका वनस्पतीले छोपिएका झाडी पन्छाएर सफा पारीएको छ । यस्तै सिढीँका लेउ र माटो सफा गर्नुका साथै वरपर भेटिएका प्लाष्टिकका खोल र पेय पदार्थको बोतल संकलन गरिएको छ ।

    गोदावरी नगरपालिका वडा नम्बर १० नम्बरको आयोजना तथा रमणीय पर्यटन सहकारी संस्था लिमीटेड र सीर्जनसीप सेवा प्रालिको सहकार्यमा भएको सरसफाइ कार्यक्रममा ७२ जनाको सहभागीता रहेको थियो । यो पटक सरसफाई अभियानमा नेप्को सेवा प्रालि पनि थपिएको छ ।

    सरसफाइमा महानगरीय प्रहरी वृत्त चापागाउँको प्रहरी टोली, गोदावरी नगर प्रहरी प्रमुख उत्सव विष्टको नेतृत्वमा टोली , रमणीय पर्यटन सहकारीका टोली , सीर्जनसीप सेवा प्रालि र नेप्को सेवा प्रालिका प्रतिनिधी , जिल्ला सहकारी संघका सचिव अनिल वीर ब्रजाचार्य समाजसेवी, बुद्धिजीवि,पत्रकार ,क्लबका सदस्य र स्थानीयको उपस्थिती रहेको थियो ।
    सरसफाइका क्रममा बागेश्वर मन्दिर प्राङ्गण र त्यसमन्दिर माथिको सिढीँ र वरपर सरसफाइ गरिएको थियो । सफाइका क्रममा सिढीँको लेउ र पातपतिङ्गर निकाल्नुका साथै वरपर फ्याँकीएका चाउचाउ, चिप्स , लेज लगायतका प्लाष्टिकका खोल र मिनिरल वाटर लगायत विभिन्न पेय पदार्थका बोतललाई संकलन गरेर सीर्जनसीप सेवा प्रालिले ब्यवस्थापनका लागी लिएर गएको छ ।

    सफाई कार्यक्रमलाई सुरुवात गर्दै वडा अध्यक्ष शेखर न्यौपानेले कमसेकम प्रत्येक महिनामा वडा अन्र्तगतका क्षेत्रमा सरसफाई कार्यक्रमलाई अभियानका रुपमा अगाडी बढाउने प्रतिवद्धता दोहो¥याए । र्
    अबदेखि हरेक महिनामा एक पटक वडा भित्रका धार्मीक , सांस्कृतिक र सार्वजनिक स्थानमा सरसफाई गरिनेछ, उनले भने र्,
    उनले रमणीय सहकारी संस्था , सीर्जनसीप समूह, नेप्को सेवा प्रालि, नेपाल प्रहरी , नगर प्रहरी लगायत सहभागी सम्पूर्णलाई धन्यवाद दिए । सरसफाई कार्यक्रम अभियानका रुपमा अब अगाडी बढ्ने हुँदा सम्पूर्ण वडावासीलाई आगामी दिनमा यस्ता कार्यक्रममा सहभागी भइदिन अनुरोध गरे ।

    सरसफाई कार्यक्रमलाई समापन गर्दै रमणीय पर्यटन सहकारी संस्था लिमीटेडका अध्यक्ष रुपेश तिमल्सीनाले भागावन पदमार्गमा भएको सरसफाइले अभियानका रुपमा अगाडी बढ्दै वडा भित्रका अन्य स्थानमा सरसफाई गर्न प्रेरणा मिलेका प्रतिक्रिया दिए । पर्यावरण संरक्षणमा स्थानीय समुदायसँग निरन्तर सहकार्य गरिरहने तिमल्सीनाले जानकारी दिए । उनले सरसफाईमा समुदायको यो उपस्थितीले पर्यावरणप्रति आम मानिसको चासो बढ्दै गएको बताए ।

     

    चित्रेदोबाटो देखि साँग्रिला स्कुलसम्म सफाई

    यसैगरी गोदावरी नगरपालिका वडा नं.१० स्थित चित्रेदोबाटो देखि साँग्रिला स्कुल सम्मको मुलबाटो वरपर रहेका झाडि, बुट्यान ,झारपतहरु र रुखको हाँगा कटान गरि बाटो सरसफाई गरिएको छ । वडाका जनप्रतिनिधि रामेस्वर केसीको अगुवाईमा भएको सरसफाईमा सिर्जनसीप प्रा.लि., साँग्रिला स्कुल ,रातोमाटे टोल बिकास समिति र स्थानियहरुको सहभागिता थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar