लगातार दुई खेल हारेको नेपाल आज नामिबियासँग भिड्दै

  • कालिका खवर
  • सोमवार, साउन ११, २०८३
  • काठमाडौं, ११ साउन । लगातार दुई खेल हारेको नेपाल आज नामिबियासँग खेल्दैछ । आइसिसी पुरुष विश्वकप लिग २ मा दुई खेलमा पराजय भोगेको नेपालले आज नामिबियाको सामना गर्न लागेको हो । नेदरल्यान्ड्समा आज हुने हुने खेलमा नेपालले नामबियासँग नेपाली समयअनुसार दिउँसो २ः४५ बजेबाट खेल्न सुरू गर्नेछ ।

    नेपाल पछिल्लो खेलमा पनि नामिबियासँग ८ विकेटले पराजित भएको थियो भने सो अघि नेदरल्यान्ड्ससँग पनि नेपाल ६ विकेटले पराजित भएर लगातार दोस्रो हार भोगिसकेको छ ।

    पछिल्लो पटक नेपालले ब्याटिङ र बलिङ दुवै कमजोर गरेको आलोचकहरूले जनाएका छन् । ३० खेलमा २४ अंक जोडेको नेपाल पाचौं स्थानमा छ भने समान खेलबाट समान अंकसहित नामिबिया एककदम अर्थात छैटौं स्थानमा छ । सोही समूहमा रहेको अमेरिकाले ३२ खेलबाट ४३ अंकसहित ग्लोबल छनोटमा स्थान सुरक्षित गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar