सम्झौता नगरे इरानसँग केही पनि बाँकी रहँदैन : ट्रम्प

  • कालिका खवर
  • बुधबार, असार ३१, २०८३
  • वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई अमेरिकासँग सम्झौता गर्न पुनः कडा चेतावनी दिएका छन् । उनले सम्झौता नगरे इरानसँग केही पनि बाँकी नरहने दाबी गरेका हुन् । फक्स न्युजसँग मंगलबार प्रसारित अन्तर्वार्तामा ट्रम्पले इरानलाई लक्षित गर्दै भने– ‘इरानले सम्झौता गर्नुपर्छ, अन्यथा त्यहाँ कोही पनि बाँकी रहने छैन ।’

    उनले अमेरिका नागरिक जनसङ्ख्याप्रति निकै सावधानी अपनाइरहेको दाबी गर्दै फेरि दोहोर्‍याए कि इरानले समयमै सम्झौता नगरे गम्भीर परिणाम भोग्नुपर्नेछ र देशसँग केही पनि बाँकी रहने छैन । ट्रम्पका अनुसार यही सन्देश उनका प्रतिनिधिहरू र तेहरानबिच भएको पछिल्लो संवादमार्फत पनि इरानलाई दिइएको थियो । उनले उक्त संवाद अन्तर्वार्ता दिनुभन्दा करिब एक घण्टाअघि भएको बताए । इरानले यस्तो सम्झौता गर्ने विश्वास छ कि छैन भन्ने प्रश्नमा ट्रम्पले भने, ‘उनीहरूले सम्झौता गर्नैपर्छ । तर उनीहरूले गर्छन् वा गर्दैनन् भन्ने कुरा भने मलाई थाहा छैन ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar