पश्चिम नेपालका साना नदीमा बहाव बढ्ने पूर्वानुमान, आकस्मिक बाढीको न्यून जोखिम

  • कालिका खवर
  • शुक्रबार, असार १९, २०८३
  • काठमाडौं । देशका विभिन्न भागका नदी तथा खोलाहरूमा आज पानीको बहाव बढ्ने पूर्वानुमान गरिएको छ । विशेषगरी पश्चिम नेपालका केही साना नदीमा बहाव उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले स्थानीयबासीलाई सतर्क रहन आग्रह गरिएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार कास्की, पर्वत, म्याग्दी, बर्दिया, कैलाली लगायत आसपासका जिल्लाबाट बग्ने साना नदी तथा खोलाहरूमा पानीको बहाव उल्लेख्य बढ्नेछ । ती क्षेत्रमा आकस्मिक बाढीको न्यून जोखिम रहेको महाशाखाले जनाएको छ ।

    महाशाखाले आज नारायणी, त्रिशूली, बूढीगण्डकी, मस्र्याङ्दी, सेती, कालीगण्डकी, कर्णाली, भेरी र पश्चिम सेती नदीमा पनि पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको जनाएको छ । अन्य प्रमुख नदीहरूमा भने पानीको बहाव सामान्य उतारचढावको अवस्थामा रहने पूर्वानुमान गरिएको छ । यद्यपि, निरन्तर वर्षा भइरहेका क्षेत्रमा नदी किनार तथा तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar