हतारमा पार्टी एकता गर्ने पक्षमा छैनः प्रचण्ड

  • कालिका खवर
  • आइतवार, असार १४, २०८३
  • काठमाडौँ : नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारमा पार्टी एकता गर्ने पक्षमा नभएको बताएका छन्। मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आइतबार राष्ट्रियसभा गृहमा आयोजना गरेको गोष्ठीमा उनले बिना समीक्षा हतारमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोयर बस्ने अवस्था नआओस् भन्नेमा सतर्क रहनुपर्ने बताएका हुन्।

    ‘हामी आफैंले आत्मसमीक्षा गर्ने कुरालाई प्राथमिकता दिनुपर्छ,’ उनले भने, ‘राष्ट्रियतामा आएको चुनौतीको सामना गर्न हामी मिलेर मात्रै सफलता प्राप्त गर्न सकिन्छ। यसमा ढिला नगरियोस्। सबैले आआफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ।’ उनले राष्ट्रिय स्वाधिनताका पक्षमा, निरकुंशता, फासिज्म र वैदेशिक दबाबका विरुद्ध जतिसक्दो छिटो वामपन्थी र देशभक्तहरू एक भने हुनुपर्ने बताए। प्रचण्डले संसद्, सडक, चुनाव जता एकता गर्न सकिन्छ त्यस ठाउँमा सहकार्य गर्न सकिने उनले बताए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar