रास्वपाले अघि सारेको शासकीय स्वरूप प्रस्तावमा अरु दलसँग पनि छलफल भएको छ : सोविता गौतम

  • कालिका खवर
  • बिहिबार, असार ११, २०८३
  • काठमाडौँ : कानूनमन्त्री एवं रास्वपा नेतृ सोविता गौतमले शासकीय स्वरूपका विषयमा रास्वपाले अघि सारेको प्रस्तावमाथि प्रारम्भिक रूपमा दलहरूसँग पनि छलफल भएको बताएकी छन् ।

    महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले शासकीय स्वरूपका विषयमा रास्वपाको प्रस्ताव संविधान संशोधनसँग समेत जोडिएकाले व्यापक छलफलको आवश्यता रहेको भन्दै प्रारम्भिक रूपमा दलहरूसँग पनि छलफल भएको बताइन् ।

    रास्वपाले प्रदेशसभा खारेजी र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहितको नयाँ शासकीय स्वरूपसहित प्रस्ताव अघि सारेको छ । गौतमले आफूहरूको प्रस्तावमाथि छलफल भएर कहाँसम्म गएर सहमति हुन्छ भन्ने कुरामा निर्भर हुने उनको भनाइ छ ।

    उनले भनिन्, ‘छलफल भइरहेको विषयवस्तु हो। संविधान संशोधनसँग पनि जोडिएको विषयवस्तु भएकाले अहिले भइरहेको छ। प्रारम्भिक रूपमा दलहरूसँग पनि छलफल भइरहेकै विषयवस्तु हो। कहाँ गएर सहमति हुन्छ, त्यसले आगामी दिनमा तय हुन्छ।’

    सोविताले महाधिवेशनमा ढिलाइ भएको स्वीकारिन्।

    उनले भनिन्, ‘धेरैलाई लामो समय बस्नुपर्दा असहज भयो । त्यसकारण फर्किनुभएको छ भन्ने रिपोर्टिङ हामी कहाँ भएको छ। यद्यपि धेरै साथीहरू पार्टी बनाउनुपर्छ, हामीले नै बनाउने हो भनेर बसिराख्नुभएको छ ।’

    उनले दोस्रो चरणको निर्वाचन पनि आजै सक्नेगरी तयारी भइरहेको बताइन्। दोस्रो चरणमा आफूले पनि उम्मेदवारी दिने भन्दै उम्मेदवारी दिएपछि मात्रै पदको जानकारी दिने गौतमको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar