सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन

  • कालिका खवर
  • मङ्लबार, असार ९, २०८३
  • काठमाडौँ : मुख्यसचिव सुमनराज अर्यालले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबै राष्ट्रसेवक कर्मचारीले इमानदारीपूर्वक काम गर्नुर्नेमा जोड दिएका छन् ।

    नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा नेपाल सरकारका नव नियुक्त राजपत्राङ्कित तृतीय श्रेणीका शाखा अधिकृतहरूको ४०औँ आधारभूत प्रशिक्षण कार्यक्रमको समापन समारोहमा उनले स्वार्थ केन्द्रित नभई राष्ट्रसेवामा आफूलाई समर्पित गर्न अनुरोध गरे ।

    पदको गरिमा कायम राख्दै नागरिकप्रतिको उत्तरदायित्व निर्वाह गर्नुपर्नेमा जोड दिँदै मुख्यसचिव अर्यालले “राज्यको नीति र लक्ष्यअनुसार काम गर्दा कर्मचारीले आफ्नो स्वार्थभन्दा माथि उठेर पारदर्शी, जिम्मेवार र सेवामुखी हुनुपर्छ,” भने ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar