बालेन र सुधन गुरुङको सम्पत्तिमाथि पनि छानबिन हुनुपर्छ : महेश बस्नेत

  • कालिका खवर
  • मङ्लबार, असार ९, २०८३
  • काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले पूर्वउपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष बिष्णुप्रसाद पौडेलको सम्पत्तिमाथि छानबिन हुनसक्ने हो भने प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङलगायतको सम्पत्तिबारे पनि समान रूपमा छानबिन हुनुपर्ने बताएका छन्।

    सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बस्नेतले छानबिनको मापदण्ड व्यक्ति, पार्टी वा राजनीतिक निकटताअनुसार फरक हुन नहुने बताएका हुन्। उनले जनताले कसैलाई दोषी वा निर्दोष घोषणा गर्न नभई सत्य तथ्य सार्वजनिक गर्न माग गरिरहेको उल्लेख गरेका छन्।

    बस्नेतले बालेन्द्र शाह, सुधन गुरुङलगायत सम्बन्धित सबै व्यक्तिको सम्पत्ति, आर्जनको स्रोत र छानबिनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ ।

    उनले पूर्वन्यायाधीश राजेन्द्रप्रसाद भण्डारीको अध्यक्षतामा गठित सम्पत्ति छानबिन आयोगको प्रतिवेदन सार्वजनिक नगरिएको विषयमा पनि प्रश्न उठाएका छन्। उक्त प्रतिवेदन सार्वजनिक नगरी गृहमन्त्रीमा सुधन गुरूङलाई पुनः नियुक्ति दिइएको भन्दै उनले यसबारे राज्यले स्पष्ट जवाफ दिनुपर्ने माग गरे ।

    बस्नेतले निष्पक्ष छानबिन, पूर्ण पारदर्शिता र तथ्यमा आधारित निर्णयबाट मात्रै सत्य स्थापित हुने तथा राज्यका निकायप्रति जनविश्वास कायम रहने उल्लेख गर्दै सबैप्रति समान कानुनी मापदण्ड लागू गर्न आग्रह गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar