रास्वपाको महाधिवेशनमा नजाने हर्क साम्पाङको घोषणा, यस्तो छ कारण

  • कालिका खवर
  • शुक्रबार, असार ५, २०८३
  • काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा नजाने घोषणा गरेका छन् ।

    रास्वपाले महाधिवेशनमा सहभागीका लागि पठाएको निम्तो अस्वीकार गर्दै साम्पाङले आफू उपस्थित हुन नसक्ने जानकारी दिएका हुन् ।

    साम्पाङले रास्वपा नेता समेत रहेका प्रधानमन्त्री बालेन साहले सीमाबारे बोलेकोप्रति रास्वपाको धारणा नआएको भन्दै महाधिवेशनमा हुन अस्वीकार गरेका हुन् ।

    ‘रास्वपाले आफ्नो अधिवेशनमा मलाई निम्तो दिएको छ ! मलाई थाहा छ यो शिष्टाचार रविजी को हो ! प्रधानमन्त्रीले सीमाबारे बोलेकोप्रति पार्टीको धारणा आएको भए मलाई नि सजिलो हुनेथ्यो ! आएन ! म उपस्थित बन्न सक्दिन है !’ अध्यक्ष साम्पाङले फेसबुकमा लेखेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar