ट्रम्पको समर्थन दर ३६ प्रतिशतमा उक्लियो

  • कालिका खवर
  • मङ्लबार, असार २, २०८३
  • वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन दर पछिल्ला दिनहरूमा बढेर ३६ प्रतिशत पुगेको छ । जीवनयापन खर्चबारे जनअसन्तुष्टि केही कम भएकाले अमेरिकामा उनको लोकप्रियतामा हल्का सुधार देखिएको सोमबारसम्म संकलित चार दिने सर्वेक्षणका अनुसार, इरानसँग युद्ध अन्त्य गर्ने प्रारम्भिक सम्झौता घोषणा हुनुअघि र पछिको अवधिमा जनधारणामा केही परिवर्तन देखिएको हो । उक्त सम्झौताले पेट्रोलियम मूल्य घट्न सहयोग गरेको बताइएको छ ।

    सर्वेक्षणअनुसार हाल ट्रम्पले जीवनयापन खर्च व्यवस्थापनमा पाएको समर्थन २४ प्रतिशत पुगेको छ, जुन एक हप्ता अघि २२ प्रतिशत र एक महिना अघि २० प्रतिशत थियो । त्यस्तै, यस विषयमा असन्तुष्टि जनाउनेहरूको संख्या ७३ प्रतिशतबाट घटेर ६९ प्रतिशतमा आएको छ । इरान र इजरायलबीचको तनावपछि सुरु भएको द्वन्द्वका कारण पेट्रोल मूल्य बढेको थियो । पछिल्ला हप्ताहरूमा शान्ति वार्ताको आशाले मूल्य केही घटे पनि अमेरिकामा पेट्रोल अझै युद्धअघि भन्दा करिब प्रति ग्यालन १ डलर बढी रहेको बताइएको छ ।

    सर्वेक्षणले ट्रम्पको लोकप्रियता अझै पनि उनको राजनीतिक करियरकै कमजोर स्तर नजिक रहेको देखाएको छ । ग्रामीण मतदाता र धार्मिक समूहहरू जस्ता उनको परम्परागत आधारमा समेत समर्थन घटेको संकेत देखिएको छ । सर्वेक्षणमा सहभागीहरूको ठूलो हिस्साले जीवनयापन खर्च व्यवस्थापनमा ट्रम्पको प्रदर्शनलाई पूर्वराष्ट्रपति जो बाइडेनको तुलनामा कमजोर मूल्याङ्कन गरेका छन् । अनलाइन माध्यमबाट गरिएको यस सर्वेक्षणमा १ हजार ५३७ अमेरिकी वयस्कहरू सहभागी थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar