इरानले वार्तामा ढिलाइ गर्‍यो, अब मूल्य चुकाउनुपर्छ : ट्रम्प

  • कालिका खवर
  • बुधबार, जेष्ठ २७, २०८३
  • वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु तथा सुरक्षा सम्बन्धी सम्झौताका लागि भएको वार्तामा अत्यधिक ढिलाइ गरेको आरोप लगाउँदै अब त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । सामाजिक सञ्जाल टुथ सोसलमा लेख्दै ट्रम्पले इरानको सैन्य क्षमता पूर्ण रूपमा कमजोर भइसकेको दाबी गरे ।

    उनले इरानको सेना, नौसेना तथा वायुसेनालाई लक्षित गर्दै पूर्ण रूपमा पराजित भइसकेको टिप्पणी गरेका छन् । ट्रम्पले आफ्नो सन्देशमा इरानलाई पश्चिम एसियाको दादागिरी गर्ने शक्ति भन्दै त्यसको प्रभाव समाप्त भएको दाबी पनि गरे ।  ‘इरानले एउटा यस्तो सम्झौताका लागि अत्यधिक समय खर्च गर्‍यो, जुन उनीहरूकै लागि धेरै लाभदायक हुने थियो । अब उनीहरूले त्यसको मूल्य चुकाउनुपर्नेछ,’ ट्रम्पले भने ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar