प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने श्रम संस्कृतिको जोड

  • कालिका खवर
  • बुधबार, जेष्ठ २७, २०८३
  • काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले विवाद उत्पन्न भएको विषयमा प्रधानमन्त्री वालेन्द्र शाहले नै सदनमा आएर जवाफ दिनुपर्नेमा जोड दिएका छन् ।

    प्रतिनिधिसभाको आजको बैठकमा अध्यक्ष राईले संसद्प्रति सरकार उत्तरदायी हुनैपर्ने जिकिर गरे । सत्तापक्ष र विपक्षीबीच सहमतिको प्रयासका कारण बिहान ११ः०० बजेका लागि प्रतिनिधिसभाको आजको बैठक अहिले १५ः१५ बजे सुरू भएको थियो ।

    विपक्षी दलले नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिमा प्रश्न उठाउँदै त्यसबारे उनले नै सदनमा आएर स्पष्ट पार्नुपर्ने माग गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar