नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको नेतृत्वमा डिकबहादुर खत्री ‘कुमार’ निर्वाचित

  • कालिका खवर
  • सोमवार, जेष्ठ २५, २०८३
  • काठमाडौं। नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको नयाँ नेतृत्वमा डिकबहादुर खत्री ‘कुमार’ प्यानलसहित निर्वाचित भएका छन्। सम्पन्न निर्वाचनमा खत्रीले अध्यक्ष पदमा ३४७ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धी मेघनाथ भुर्तेललाई फराकिलो मतान्तरले पराजित गरेका हुन्।

    निर्वाचन परिणामअनुसार अध्यक्षमा विजयी खत्रीले व्यवसायीहरूको हकहित संरक्षण, वैदेशिक रोजगार क्षेत्रको सुधार तथा संस्थागत विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    त्यसैगरी, सङ्घको कार्यसमिति सदस्यतर्फ पनि खत्री नेतृत्वको प्रगतिशील प्यानलले उल्लेखनीय सफलता हासिल गरेको छ। कुल १० सदस्य पदमध्ये ८ पदमा प्रगतिशील प्यानलका उम्मेदवार विजयी भएका छन्।

    निर्वाचन परिणामले सङ्घभित्र खत्री नेतृत्वप्रति व्यवसायीहरूको बलियो विश्वास रहेको संकेत गरेको विश्लेषण गरिएको छ। नवनिर्वाचित नेतृत्वले वैदेशिक रोजगार व्यवसायलाई थप व्यवस्थित, पारदर्शी र व्यवसायीमैत्री बनाउन प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar