कांग्रेसको भ्रातृ संगठन नेपाल थारु संघको प्रथम महाधिवेशन भोलि

  • कालिका खवर
  • शुक्रबार, जेष्ठ १५, २०८३
  • काठमाडौँ : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल थारु संघको पहिलो महाधिवेशन हुँदैछ । थारु संघले भोलि (शनिबार) पहिलो महाधिवेशन गर्ने भएको हो ।

    सभापति गगनकुमार थापाले थारु संघको प्रथम महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय भएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

    उनका अनुसार महाधिवेशन पार्टी केन्द्रीय कार्यालय सानेपामा मध्यान्ह १२:१५ बजेबाट सुरु हुने छ । थारु संघ कांग्रेसको नयाँ भ्रातृ संस्थामध्येमा पर्दछ ।

    यो संस्थाले २०७९ साउनमा मातृ पार्टीको केन्द्रीय कार्यसमितिबाट भ्रातृ संगठनको मान्यता पाएको थियो । हाल शिवनारायण महतो गुरौको अध्यक्षतामा थारु संघको केन्द्रीय तदर्थ कार्यसमिति छ ।

    तत्कालीन सभापति शेरबहादुर देउवाले विभिन्न जिल्लाबाट ९८ जना व्यक्तिहरूलाई थारु संघको सदस्यमा मनोनयन गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar