संविधान संशोधनका लागि गोलमेच सम्मेलन गर्नुपर्छ : नेता केसी

  • कालिका खवर
  • मङ्लबार, जेष्ठ १२, २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा आयोग र सबैको सहभागितामा गोलमेच सम्मेलन गर्नुपर्ने बताए ।

    प्रतिनिधि सभाको जारी बैठकमा वर्तमान संविधान संशोधन बहस कार्यदल सत्ताको वरिपरि मात्रै घुमेको र यसबाट संशोधनको वातावरण निर्माण हुन नसक्ने बताए ।

    ‘संविधान संशोधनको वातावरण निर्माण गर्न पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा आयोग बनाउनुपर्छ । सबैको सहभागितामा गोलमेच सम्मेलन हुनुपर्छ,’ सांसद केसीले भने । संविधान संशोधनमा सबैको सहभागिता सुनिश्चित हुने वातावरण निर्माण गर्नुपर्ने केसीले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar