कांग्रेस एकताका लागि डा. शेखर कोइरालाका पाँच प्रस्ताव

  • कालिका खवर
  • सोमवार, जेष्ठ ११, २०८३
  • काठमाडौं : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सारेका छन्। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको भन्दै डा.कोइरालाले एकताको मिलनविन्दु स्वरुप पाँच प्रस्ताव गरेका हुन्।

    डा.कोइरालाले १५ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता अध्यावधिलाई अनिवार्य म्यान्डेटोरी नगर्ने प्रस्ताव पहिलो बुँदामा समावेश गरेका छन्। त्यस्तै उनले १४औं महाधिवेशन पछाडि नविकरण गरिएका र बितरण गरिएका क्रियाशील सदस्यता कै आधारमा १५औं महाधिवेशन गर्ने प्रस्तापपनि गरेका छन्।

    डा. कोइरालाले १४औँ महाधिवेशनको केन्द्रीय कार्यसमिति र बिशेष महाधिवेशनको केन्द्रीय कार्यसमितिलाई समायोजन गरेर एउटै बनाउने, कार्यसम्पादनमा सभापतिको बहुमत हुनेगरी गठन गर्ने, निर्वाचन समिति, क्रियाशील छानबिन समिति, अनुशासन समिति, बिधान समिति र अन्य समितिहरु आपसी सहमतिबाट मात्रै बनाउने प्रस्ताव गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar