एसईई २०८२ मा काठमाडौं यूरो स्कुल गोंगबुको उत्कृष्ट सफलता, शतप्रतिशत ‘ए प्लस’

  • कालिका खवर
  • मङ्लबार, बैशाख २९, २०८३
  • काठमाडौं । काठमाडौं यूरो स्कुल ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्दै शतप्रतिशत ‘ए प्लस’ ल्याउन सफल भएको छ। गोंगबु–बानियाँटारस्थित विद्यालयले औसत ३.८९ जीपीएसहित काठमाडौं उपत्यकामै उत्कृष्ट नतिजा दिने विद्यालयमध्ये आफूलाई स्थापित गरेको जनाएको छ।

    राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार विद्यालयकी एक विद्यार्थीले ४.०० जीपीए प्राप्त गरेकी छन् भने पाँच जना विद्यार्थीले ३.९५ जीपीए हासिल गरेका छन्। त्यसैगरी, ३.९१ जीपीए ल्याउने एक जना, ३.९० जीपीए ल्याउने चार जना, ३.८६ जीपीए ल्याउने एक जना, ३.७८ जीपीए ल्याउने दुई जना तथा ३.७७ जीपीए ल्याउने दुई जना विद्यार्थी रहेका छन्।
    विद्यालयका प्रिन्सिपल डा. दिपक गुप्ता ले विद्यालयले “Your Success is Our Pride” भन्ने नाराअनुसार प्रत्येक विद्यार्थीको क्षमता पहिचान गर्दै व्यक्तिगत मार्गदर्शन प्रदान गरेको बताए। उनले शैक्षिक गुणस्तर, अनुशासन, आधुनिक शिक्षण पद्धति तथा विद्यार्थीको मेहनतका कारण उत्कृष्ट नतिजा सम्भव भएको उल्लेख गरे।

    उनका अनुसार विद्यालयले केवल पाठ्यपुस्तकमा सीमित नभई विद्यार्थीको नेतृत्व क्षमता, सृजनशीलता, आत्मविश्वास, नैतिक शिक्षा र व्यवहारिक ज्ञानलाई पनि समान प्राथमिकता दिँदै आएको छ।
    एसईईमा ४.०० जीपीए ल्याएकी छात्रा इच्छा गुप्ता ले आफ्नो सफलताको श्रेय विद्यालय, शिक्षक र अभिभावकलाई दिएकी छन्। उनले विद्यालयको वातावरण, शिक्षकहरूको प्रेरणा तथा परिवारको विश्वासकै कारण सफलता सम्भव भएको बताइन्।

    विद्यालयका अध्यक्ष प्रमोद पाण्डे ले शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूको लगनशीलताका कारण ऐतिहासिक सफलता हासिल भएको बताए। उनले आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्दै जिम्मेवार र नैतिक शिक्षालाई थप प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।

    विद्यालयले यस सफलतालाई आगामी दिनमा अझ उच्च उपलब्धि हासिल गर्ने प्रेरणाका रूपमा लिएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar