फरार रहेका प्रतिवादी पक्राउ

  • कालिका खवर
  • मङ्लबार, बैशाख २९, २०८३
  • उदयपुर । १० वर्ष कैद सजाय फैसला भई फरार रहेका प्रतिवादीलाई अस्थायी प्रहरी पोस्ट संगमचोक उदयपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

    हिजो साँझ करिब ८ बजे त्रियुगा नगरपालिका वडा नं. ७ कौवाई खोला क्षेत्रमा हिँडडुल गरिरहेको अवस्थामा ७० वर्षीय दिल बहादुर मिरिङचिङ मगरलाई  प्रहरी टोलीले पक्राउ गरेको हो ।

    पक्राउ परेका निजलाई उदयपुर जिल्ला अदालतबाट जवरजस्ती करणी सम्बन्धी कसुरमा १० वर्ष कैद सजाय फैसला भएको थियो । निजलाई फैसला कार्यान्वयनका लागि सम्मानित उदयपुर जिल्ला अदालत पठाउने तयारी भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar