बागमतीका मुख्यमन्त्रीको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा

  • कालिका खवर
  • सोमवार, बैशाख २१, २०८३
  • काठमाडौँ : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँका निवास तथा कार्यस्थलहरूमा सम्पत्ति शुद्धीकरणसम्बन्धी निकायले अनुसन्धानका क्रममा छापा मारेको छ।

    सम्बन्धित निकायले ‘ए’ वर्गका ठेकेदारसमेत रहेका बानियाँमाथि अवैध सम्पत्ति आर्जन र सम्पत्ति लुकाएको आशंकामा प्रारम्भिक अनुसन्धान अघि बढाएको जनाएको छ।

    स्रोतका अनुसार अनुसन्धान टोलीले काठमाडौँको नक्साल र सुन्धारामा रहेका कार्यालयसँगै हेटौँडास्थित कार्यालय तथा निवासमा समेत एकै पटक छापा सञ्चालन गरेको हो।

    अनुसन्धानको क्रममा उनलाई नियन्त्रणमा लिएर थप कानुनी प्रक्रिया अघि बढाउने विषयमा छलफल भइरहेको जनाइएको छ। यसका लागि आवश्यक कानुनी परामर्श समेत भइरहेको स्रोतको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar