आक्रमणमा क्षतिग्रस्त विश्वविद्यालयलाई सङ्ग्रहालय बनाउँदैछ इरान

  • कालिका खवर
  • आइतवार, बैशाख २०, २०८३
  • तेहरान । इरानले अमेरिका–इजरायलको संयुक्त आक्रमणबाट क्षतिग्रस्त एउटा विश्वविद्यालय परिसरलाई सङ्ग्रहालयमा रूपान्तरण गर्ने योजना बनाएको छ । एएफपीका अनुसार इरानी अधिकारीहरूले उक्त जानकारी दिएका हुन् ।

    केन्द्रीय इरानमा रहेको इस्फहान प्रविधि विश्वविद्यालयका प्रमुख जफरोल्लाह कलन्तरीले आक्रमणबाट प्रभावित स्थानलाई यथावत् राखेर युद्ध सङ्ग्रहालय बनाइने बताएका छन् । उनले भने, “हाल क्षतिग्रस्त रहेको स्थललाई इतिहासमा देशमाथि भएको वैज्ञानिक दमनको प्रमाणका रूपमा सुरक्षित राखिनेछ ।”

    इरानको सरकारी समाचार संस्था आईआरएनएका अनुसार विश्वविद्यालयका लागि नयाँ भवन निर्माण र अत्याधुनिक उपकरण व्यवस्थापनका लागि अर्को स्थान छुट्ट्याइएको पनि कलन्तरीले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar