रुखबाट लडेर वृद्धको मृत्यु

  • कालिका खवर
  • बिहिबार, बैशाख १७, २०८३
  • बाजुरा । जिल्लाको गौमुल गाउँपालिकाका सुन्तलाको रुखबाट खसेर एक जनाको मृत्यु भएको छ ।

    जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाका अनुसार सोही गाउँपालिका–६ बसालाका ६८ वर्षीय दलबहादुर रोकायाको बुधबार मृत्यु भएको हो ।

    सुन्तलाका बोट काँटछाँट गर्ने क्रममा उनी रुखबाट खसेका हुन् । उनी जिल्लाका अग्रणी किसान रहेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar