सुनकोशीमा बेपत्ता राई ५ दिनपछि मृतावस्थामा फेला

  • कालिका खवर
  • सोमवार, बैशाख १४, २०८३
  • उदयपुर । सुनकोशी नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका लिम्चुङबुङ गाउँपालिका–४ जाँतेका ५१ वर्षीय शमशेर राई ५ दिनपछि मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गत मङ्गलबार गाउँका साथीहरुसँग सुनकोशीमा माछा मार्न गर्न गएका राई बेलुकी ३ः०० बजे नदीमा बेपत्ता भएका थिए ।

    स्थानीय र प्रहरीको खोजीपछि शनिबार साँझ राईको शव जिल्लाको रौतामाई गाउँपालिकाको भदौरेस्थित सुनकोशी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन चापागाईंले बताए । घटनास्थल जिल्ला प्रहरी कार्यालयदेखि १८ कोश उत्तरी पहाडी क्षेत्रमा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar