अमेरिकामा अदालतको आदेशपछि रिहा गरिएको परिवार फेरि हिरासतमा

  • कालिका खवर
  • आइतवार, बैशाख १३, २०८३
  • वासिङ्टन डीसी । अमेरिकामा एक इजिप्टेली परिवारलाई अदालतको आदेशपछि रिहा गरिएको दुई दिन नपुग्दै पुनः हिरासतमा लिइएको छ । वकिलहरूका अनुसार हायाम एल गमाल र उनका ५ देखि १८ वर्षसम्मका पाँच सन्तानलाई अध्यागमन तथा सीमा नियन्त्रण विभाग (आईसीई)ले ले पुनः पक्राउ गरेको हो । १० महिनाभन्दा बढी समयसम्म आप्रवासन हिरासतमा बसेपछि मात्र बिहीबार एक संघीय न्यायाधीशको आदेशमा उनीहरू रिहा भएका थिए ।

    परिवारलाई डेनभरस्थित आईसीई कार्यालयमा नियमित “चेक–इन” गर्न जाँदा पक्राउ गरिएको बताइएको छ । त्यसपछि उनीहरूलाई अर्को राज्य हुँदै अमेरिका बाहिर पठाउने तयारी गरिएको परिवारका वकिलहरूले बताएका छन् । तर पछि अदालतले आपत्कालीन आदेश जारी गर्दै उक्त निर्वासन प्रक्रिया रोकिदिएको छ ।

    अमेरिकी गृह सुरक्षा मन्त्रालयले भने परिवारलाई पूर्ण कानुनी प्रक्रिया दिइएको दाबी गर्दै रिहाइ आदेश दिने न्यायाधीशको आलोचना गरेको छ । मन्त्रालयका एक अधिकारीले उक्त परिवारलाई आतंककारीसँग सम्बन्धित भन्दै कडा अभिव्यक्ति दिएका छन् ।

    यो परिवार कोलोराडोमा बस्दै आएको थियो । पूर्वपति मोहमद सब्रे सोलिमानलमाथि मार्ने प्रयास, आक्रमण र घृणा अपराधसम्बन्धी आरोपमा गत वर्ष पक्राउ परेपछि सारा परिवारलाई अध्यागमनले हिरासतमा राखेको थियो । यो घटना कोलोराडोको बुल्डरमा भएको आगजनी आक्रमणसँग सम्बन्धित थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar